Ticker

6/recent/ticker-posts

छैटाैं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा हुने

पोर्चुगल । नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो छैटाैं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा हुने भएको छ ।



आगामी असार ९ देखि ११ गते तदनुसार मे २३ देखि २५ सम्म बेल्जियमको दोस्रो ठुलो सहर एन्टवर्पमा हुने उक्त सम्मेलनको भव्य तयारी भैरहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन सम्पन्न गर्न आयोजक शाखा अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारञ्जितको संयोजकत्त्वमा मूल तयारी समिति गठन गरिएको छ । सम्मेलनमा केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रस्टीका सदस्यहरू तथा विश्वभर रहेका अनेसास च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने छ ।

संसारभरी छरिएर रहेका च्याप्टरका प्रतिनिधि र केन्द्रीय पदाधिकारीहरुबीच नजिकको सम्बन्ध बनाउने, नेपाली साहित्यको सिर्जनाको गुणस्तर अभिवृद्धि र विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन गर्ने हेतुले यो सम्मेलन गरिन लागेको हो

सम्मेलनमा कार्यपत्रहरू प्रस्तुत गर्ने, संस्थाको आन्तरिक छलफल गर्ने, विभिन्न साहित्यिक बिषयमा सामुहिक बहस गर्ने, सर्वोत्कृष्ट शाखा पुरस्कार वितरण, कविता एवं गजल वाचन र बेल्जियम घोषणापत्र जारी गर्ने तयारी रहेको । त्यसैगरी तीन-दिने औपचारिक सम्मेलनपछि आगन्तुक पाहुनाहरूका लागि दुई दिने साहित्यिक भ्रमणको समेत आयोजना गरिनेछ ।

अनेसास केन्द्रीय कार्य समिती र बेल्जियम शाखाको समन्वयमा सम्मेलन आयोजना हुनेछ । यसका निम्ति केन्द्रीय कार्यसमिति, बिओटी, युरोप क्षेत्रीय समिति र आयोजक शाखाका पदाधिकारीहरूको अप्रिल २७ मा भएको विशेष तयारी समितिको बैठकमा कार्यक्रमको तयारीबारे समिक्षा गरिएको थियो ।

प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मेलन सन् २०१६ बाट सुरु गरिएको हो । यसअघि पाँचौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन अमेरिकाको बोस्टनमा भएको थियो

Post a Comment

0 Comments