अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल
संसोधित विधान २०२३
१) परिचयः
नेपाली भाषा, साहित्यप्रेमी, पाठक, लेखक, बुद्धिजिबी, सर्जक तथा स्वयंसेवकहरु द्वारा स्थापित नेपालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगल हो ।
क) यस संस्थाको नाम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगल रहने छ ।
ख) यस संस्थालाई छोटकरिमा अनेसास, पोर्चुगल भनिने छ ।
ग) यस संस्थालाई अंग्रेजीमा International Nepali Literary Society, Portugal वा छोटकरिमा INLS, PORTUGAL भनिने छ ।
घ) संस्थाको अबधि कार्यसमिति र कार्यक्रम गर्न सकिने सदस्यहरु रहदाको अवस्था सम्य स्थायी रहने छ ।
२) स्थापनाः
सम्पूर्ण नेपाली भाषा, साहित्यप्रेमीहरुलाई एकै ठाउँमा समेट्ने उद्देश्य लिई नेपाली भाषा र साहित्यको उत्थान र विकास गर्न पोर्चुगलमा रहेका सम्पुर्ण नेपाली भाषा र साहित्यप्रेमीहरुलाई एकजुट गराउदै अगाडि वढ्ने उद्देश्य बोकी यो संस्था पोर्चुगलमा स्थपना भएको हो ।
३) उद्देश्यहरुः
क) सम्पूर्ण नेपाली भाषा, साहित्य, संस्कृति र कलाको उत्थान साथै विकासका लागि सेमिनार,
अभियान, गोष्ठी तथा अन्य विविध कार्यक्रमहरु संचालन गर्ने ।
ख) नेपाली साहित्य लेखन, प्रकाशन, वितरण तथा प्रचार प्रसार गर्ने ।
ग) नेपाली भाषा तथा साहित्यमा रुचि भएका र भाषा तथा साहित्यको विकासमा योगदान पुर्याउन सक्ने व्यक्तित्वहरुलाई अनेसास पोर्चुगलमा आवद्ध गराई नेपाली भाषा तथा साहित्यको विकासमा लगाउने ।
घ) नेपाली लेखक, बुद्धिजिवी, स्रस्टा वा साहित्यकर्मीहरुलाई साहित्य सृजनामा लाग्न अभिप्रेरित गर्दै प्रोत्साहन गर्ने ।
ङ) नेपाली भाषा र साहित्यलाई विश्व स्तरमा पुर्याउन नेपाली भाषाका रचनाहरुलाई अन्य भाषामा अनुवाद गर्ने वा सो कार्यका लागि सहयोग गर्ने ।
च) नयाँ प्रतिभाहरुको खोजी, पहिचान तथा पुरस्कारको व्यवस्था गर्ने ।
छ) नेपाली मुलका विदेसी बालवालिकाहरुलाई नेपाली भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यक्रम चलाउने ।
ज) नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि स्थापित अन्य संघ संस्थाहरुसंग सहकार्य र सहयोग तथा साझा उद्धेश्य प्राप्तिका लागि मिलेर अघि बढ्ने ।
४) सदस्य :
नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति रुचि राख्ने कुनै पनि व्यक्ति यस संस्थामा आबद्ध भै सहयोग गर्न सक्नेछन ।
पोर्चुगलमा बसोबास गर्ने नेपाली वा नेपाली मुलका पोर्चुगाली नागरिकहरुले अनेसास, पोर्चुगलको सदस्यताका लागि निवेदन दिन सक्नेछन । अनेसास, पोर्चुगलको सदस्य यस प्रकार रहनेछ ।
४,१) साधारण सदस्य
४,२) कार्यकारी सदस्य
४,१,क) साधारण सदस्यको योग्यता :
१) पोर्चुगलमा कानूनी बसोबास गर्दै आएको हुनु पर्ने ।
२) पर्यटकीय भिषा हुनेलाई मान्यता दिइने छैन ।
३) नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा रुचि भएको हुनु पर्ने ।
४) साधारण सदस्यको लागी कार्यसमितिले तोकेवोजिम शुल्क तिरेर मात्र निवेदन दिन सक्नेछ ।
४,१, ख) साधारण सदस्यको काम, कर्तव्य र अधिकार :
१) कार्यकारी सदस्यको लागी उम्मेदवार दिन सक्नेछ ।
२) कार्यकारी सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न सक्नेछ ।
३) कार्यसमितिले आवश्यक ठानी बोलाएमा नियमित बैठकमा सहभागिता जनाउन सक्नेछ ।
४) संस्थाको नीति, नियम र निर्णयहरुमा विवेकपूर्ण सहभागिता जनाउन सक्नेछ ।
५) यस संस्थाबाट प्रकाशित गराइएका सामाग्रीहरु प्राप्त गर्न सक्नेछ ।
६) कार्यकारीसमितिलाई आवश्यक अन्य बिभिन्न सहयोग गर्न सक्नेछ ।
४,१, ग) सदस्यता स्थगन :
१) प्रत्येक २ बर्षमा सदस्यता नविकरण नगराएको अबस्थामा साधारण सदस्यता स्वतः स्थगन
भएको मानिने छ । २) सधैका लागि पोर्चुगल छाडेर गएको अवस्थामा साधारण सदस्यता स्वतः स्थगन भएको
मानिने छ । ३) संस्थाको विधान विपरित वा संस्थालाई हानि-नोक्सानी हुने काम गरेमा साधारण सदस्यता स्वतः स्थगन भएको मानिने छ ।
४) कुनै पनि सामाजिक अपराध ठहरिने काम गरेमा साधारण सदस्यता स्वतः स्थगन भएको मानिने छ ।
४,२) कार्यकारी समिति वा कार्यकारी सदस्यहरुको हकमाः
कार्यकारी समिति अनेसास, पोर्चुगलको साधारण सदस्यहरुको साधारणसभा मार्फत चुनिएका पदाधिकारीहरुको समुह हो (२५ प्रतिशत सम्म अध्यक्षबाट मनोनित) रहनेछन । यो समितिले अनेसास, पोर्चुगलको उद्देश्य प्राप्तिका लागि योजना बनाउने, बार्षिक कार्यक्रम तर्जुमा गर्ने र विधान सम्मत रहदै अन्य कार्यहरु गर्ने छ ।
४,२,क) कार्यकारी समतिको गठनः
१) कार्यकारी समितिमा ११ देखि १९ निर्वाचित र अन्य अध्यक्षबाट मनोनित सदस्यहरु रहनेछन् ।
२) अध्यक्ष लगाएत अन्य कार्यकारी सदस्यहरु साधारण सदस्यहरुको एकल मतका आधारमा चुनावी प्रक्रियाबाट वा सर्वसम्मत तरिकाले चुनिने छन् भने अध्यक्षको हकमा एक कार्यकाल अनिवार्य कार्य समितिमा रहि काम गरेको हुनु पर्ने छ ।
३) २५ प्रतिशत सम्म अध्यक्षले नेपाली भाषा र साहित्यमा रुचि भएका नेपाली भाषा र
साहित्यलाई माया गर्ने व्यक्तिहरु मध्यबाट मनोनयन गर्न पाउने छ । ४) माधारण सदस्य नरहेका कुनै पनि व्यक्ति कार्यकारी सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्न नाउने छैन तसर्थ कार्यकारी समितिमा सदस्य रहनका लागि साधारण सदस्य हुनुपर्ने अनिवार्यता हुनेछ ।
(५) कार्यकारी सदस्यहरुको कार्यकाल (२) दुई वर्षको हुने छ ।
(४,२,ख) कार्यसमितिको संरचना देहाय बमोजिम हुने छ ।
अध्यक्ष १ जना
बरिष्ठ उपाध्यक्ष १ जना
उपाध्यक्ष २ जना
महासचिव १ जना
सचिव २ जना
कोषाध्यक्ष १ जना
सह-कोषाध्यक्ष १ जना
सदस्य २ देखि १० जना सम्म रहने छन् (अध्यक्षबाट २५ प्रतिशत सम्म थप मनोनित गर्न सक्ने छ)
४,२, ग) कार्यसमितिमा सदस्यहरुको काम, कर्तव्य र अधिकार :
१) अध्यक्ष :
क) अध्यक्षले अनेसास, पोर्चुगलको नेतृत्व गर्ने छ ।
ख) सबै सदस्यहरुलाई काम गर्न हौसला र उत्साहजनक वाताबरणको सृजना गर्ने छ ।
ग) अन्य संघ संस्था र सामाजिक प्रतिष्ठानहरुसँग सम्बन्ध बढाउने छ ।
घ) बिबिध कार्यक्रमहरुको निर्देशन गर्ने छ ।
२) बरिष्ठ उपाध्यक्ष :
क) अध्यक्षको निर्णय कार्यान्वयन गराउन मद्दत गर्ने छ ।
ख) अध्यक्षको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने छ ।
ग) विवेकपूर्ण र महत्वपूर्ण निर्णय लिन अध्यक्षलाई सहयोग गर्ने छ ।
३) उपाध्यक्ष :
क) अध्यक्षको निर्णय कार्यान्वयन गराउन मद्दत गर्ने छ ।
ख) बिबेकपूर्ण र महत्वपूर्ण निर्णय लिन अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षलाई सहयोग गर्ने छ ।
४) महासचिव :
क) सबै बैठक, छलफल तथा कार्यक्रमका निर्णयहरुको रिपोर्ट राख्ने छ ।
ख) संस्थाको बैठक आव्हान गर्नुका साथै बैठकमा भएका निर्णयहरु कार्यन्वयन गर्न कार्यकारी समिति तथा सदस्यहरु बीच सुचना प्रबाह गर्ने छ ।
ग) निर्णय कार्यन्वयनका लागि कार्यक्रम संयोजकहरुलाई निर्देशन गर्न सकिने छ ।
५) सचिव :
क) महासचिवको अनुपस्थितिमा बैठक संचालन गर्ने तथा छलफल र कार्यक्रमका निर्णयहरुको रिपोर्ट राख्ने छ ।
ख) कार्यक्रम संचालन तथा कार्यक्रमका निर्णयहरुमा महासचिवलाई सहयोग गर्ने ।
ग) अन्य आवश्यक कुराहरुमा महासचिवलाई सहयोग गर्ने छ ।
६) कोषाध्यक्ष :
क) संस्थाको कोषको लेखा जोखा राख्ने छ ।
ख) सदस्यता प्रदान गर्ने तथा नविकरण गर्ने छ ।
ग) संस्थाको आयव्ययको हिसाव किताब राख्ने तथा कार्यक्रमका लागि आर्थिक रकम संवन्धि निर्णयहरु गर्ने छ ।
७) सह कोषाध्यक्ष :
क) कोषाध्यक्षलाई सहयोग गर्ने छ ।
८) सदस्यहरु :
क) कार्यकारी समितिलाई कार्यक्रम र निर्णय लिन रचनात्मक सहयोग गर्ने छ ।
ख) कार्यसमितिको निर्णय कार्यन्वयन गर्ने छ ।
४,२, घ) कार्यकारीममितिका प्रावधानहरु :
१) वार्षिक साधारण सभा : प्रत्यक बर्ष पोर्चुगल भित्र कुनै पनि उपयुक्त स्थानमा संस्थाका साधारण सदस्यहरु भेला गराई साधारण सभा गर्ने ।
२) प्रत्यक २ वर्षमा कार्यसमितिको गठन गर्ने (चुनावी वा सर्वसम्मत प्रक्रिया अनुसार) ।
३) साधारण सदस्यहरुबाट बार्षिक कार्यक्रमका प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि पारित गर्ने गराउने ।
४) बिधान संसोधन गर्नुपर्ने देखिएमा कार्यसमितिको दुई तिहाई मतले मात्र संसोधन गर्न गर्न सकिने छ वा गराउनु पर्ने छ ।
५) कार्यकारी समितिमा रिक्त हुन् गएका पदहरुमा साधारण सदस्यहरुबाट पदपूर्ति गर्न/गराउनु पर्ने छ ।
४,२, ङ) बैठक र आर्थिक वर्ष सम्बन्धि :
१) बैठक :
क) कम्तिमा २ महिनाको एक पटक संस्थाको नियमित बैठक बस्ने छ ।
ख) कार्यकारी समितिको बैठक संचालनका लागि कम्तिमा कार्यकारी समितिको ५१ प्रतिशत सदस्यहरुको उपस्थित हुनु पर्ने छ ।
ग) सदस्यहरुले टेलिफोन वा अनलाईनको माध्यमबाट समेत बैठकमा महभागिता जनाउन
सक्नेछन र यस प्रकारको सहभागितालाई समेत कोरम संख्यामा गणना गरिने छ । घ) सामान्य बैठकहरुमा मात्र टेलिफोन वा अनलाईन सहभागितालाई मान्यता दिइने छ तर
संस्थाको महत्वपूर्ण बैठकहरुको हकमा यस्तो खालको सहभागितालाई कोरममा मान्य हुने छैन
२) आर्थिक वर्ष : अनेसास पोर्चुगलको आर्थिक बर्ष अंग्रेजी वर्ष अनुसार जनवरी १ देखि डिसेम्बर मसान्त सम्म चालु हुने छ ।
५) संरक्षक तथा सल्लाहकार समिति :
क) कार्यसमितिले संरक्षक तथा सल्लाहकार सदस्यहरु मनोनित गर्नेछ ।
ख) आबश्यकता अनुसार संस्थाको कार्य संचालन तथा उद्देश्य प्राप्तिका लागि कार्यकारी समितिलाई आवश्यक सल्लाह, सुझाव तथा सकारात्मक प्रतिक्रिया दिनु सल्लाहकार समिति र संरक्षकको उद्देस्य हुने छ ।
ग) सल्लाहकार समितिबाट प्राम सुझाव तथा सल्लाह माथि कार्यकारी समितिको नियमित बैठकमा छलफल गरि त्यस सम्बन्धि सम्पूर्ण निर्णयहरु कार्यसमितिले नै गर्ने छ ।
घ) सल्लाहकार समिति बढीमा ७ जना समको हुने छ ।
६) संस्थाको स्वरुप तथा कार्य क्षेत्र :
क) अनेसास, पोर्चुगल गैर राजनैतिक, गैर ब्याबसायिक तथा गैर नाफामुलक एक स्वतन्त्र सामाजिक संस्था हो ।
ख) अनेसाम, पोर्चुगल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा मान्यता प्राम संस्था हो ।
ग) अनेसास, पोर्चुगलले पोर्चुगलको प्रचलित नियम, कानूनको पालना गर्ने छ ।
घ) अनेसास, पोर्चुगल संस्थाको वित्तिय गतिविधिहरुको आवधिक लेखा परिक्षण तथी आन्तरिक राजश्व सम्बन्धि नियमको पुर्ण पालना गर्ने छ ।
ङ) अनेमाम, पोर्चुगलले आवश्यक देखिएमा पोर्चुगल भित्र संस्थाको आफ्नै क्षेत्रिय शाखाहरु स्थापना गर्न सक्ने छ ।
(७) प्रतिबन्धनहरु :
क) संस्थाको वित्तिय कारोबारबाट संकलित आर्थिक रकम कुनै पनि कार्यकारी सदस्यले आफ्नो निजि प्रयोजनका लागि प्रयोग गरिने छैन ।
ख) कुनै पनि सामाजिक संघ संस्थाहरुको मानहानी हुने वा सम्वन्धमा आँच आउने काम अनेसाम, पोर्चुगलका सदस्यहरुबाट गरिने छैन ।
ग) संस्थाको विधान प्रभावित हुने गरि कुनै पनि सदस्यले अर्को सदस्यको गलत प्रचार प्रसार तथा विपक्षमा अभिव्यक्ति दिन पाइने छैन ।
८) संशोधन सम्बन्धमा :
अति आवश्यक देखिएको अबस्थामा विधानको नियमहरु संशोधन, परिमार्जन तथा थप घट गर्नका लागि कार्यकारी समितिका सदस्यहरुले प्रस्ताव गर्न सक्नेछन र उक्त प्रस्ताव कार्यकारी समितिको दुई तिहाई बहुमतले मात्र पारित गर्नु पर्ने छ ।
९) संस्था बिघटन वा निलम्बन सम्बन्धमा :
क) साधारण सभा मार्फत कूल सदस्य संख्याको दुई तिहाई बहुमतको निर्णयको आधारमा कार्यसमिति वा अनेसास, पोर्चुगल विघटन गर्न सकिने छ ।
ख) अनेसास, पोर्चुगल विघटन गर्नुपर्ने अवस्थामा प्रत्येक साधारण सदस्यहरुको स्पस्ट लिखित सहमति हुनु पर्ने छ ।
१०) सदस्यता निलम्बन तथा बिघटन सम्बन्धमा :
क) कुनै पनि कार्यसमितिका सदस्यहरुले अनेसास, पोर्चुगलको अहित हुने तथा संस्थालाई आँच आउने कुनै पनि काम अथवा क्रियाकलाप गरेको ठहर भएमा कसुर सहित नसिहत दिने, म्पस्टिकरण लिन सक्ने साथै चित्त बुझ्दो जवाफ वा प्रतिक्रिया नआएको खण्डमा कार्यकारी ममितिको दुई तिहाई बहुमतले साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्न सक्ने छ ।
ख) यसरी निलम्बनमा परेका कार्यकारी सदस्य पुनः फेरी अनेसासको कुनै पनि गतिविधिमा हुन् पाउने छैन ।
ग) साधारण सदस्यको हकमा निलम्बन तथा बदर सम्बन्धि कार्यसमितिको निर्णय नै अन्तिम मानिने छ ।
घ) नियमित बैठकमा लगातार पाँच पटक सम्म अनुपस्थित सदस्यलाई कार्यममितिको बैठकले स्पस्टिकरण माग्न सक्ने छ, उक्त स्पस्टिकरण चित्त बुझ्दो वा आधिकारिक नभएको खण्डमा कार्यकारी समितिको बहुमतबाट कार्यकारी सदस्यबाट निलम्बन गर्ने वा नसिहत दिन सकिने छ ।
ङ) सदस्यबाट निष्कासित वा निलम्बित सदस्य अनेसास, पोर्चुगलको कुनै पनि आर्थिक लेनदेन वा नैतिक जिम्मेवारीबाट मुक्त भएको अवस्थामा हुनु पर्ने छ वा निजले आफुसंगको सम्पूर्ण लेखा फछ्र्योट गरेको हुनु पर्ने छ ।
११) पदपूर्ति सम्बन्धमा :
क) निर्वाचित पदाधिकारीहरु मध्य अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको पद रिक्त हुन आएमा अर्को निर्वाचन हुने समय सम्मका लागि कार्य समिनिको पूर्ण बैठकले कार्य समितिका सदस्य मध्यबाट मात्र उचित व्यक्ति नियुक्ति गर्न सक्ने छ ।
ख) कार्य समितिका सदस्यहरुको पद कुनै पनि बेला रिक्त हुन गएमा कार्यसमितिको पूर्ण बैठक राखी अध्यक्षले उचित व्यक्तिलाई मनोनयन गर्न सक्ने छ ।
ग) विशेष निर्वाचन हुन बाँकी रहेको अवस्थामा वा मनोनयन हुन, वाँकी रहेको अवस्थामा बाँकी सदस्यहरुबाट नै संस्थाको कार्यक्रम संचालन गरिने छ ।
१२) स्पष्टिकरण सम्बन्धमा :
क) अनेसासको केन्द्रिय विधानलाई यस विधानले कुनै असर गर्ने छैन ।
ख) कार्यकारी समिति अनेसास, पोर्चुगलको वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुको समुह भन्ने बुझिन्छ ।
ग) विधानमा उल्लेखित नियम तथा प्रावधानहरु अक्षरशः पालना गरिने छ ।
घ) संस्थाको प्रतिक चिन्ह, छाप, ब्यानर, लेटरप्याड र रसिद कार्यसमितिका दुई तिहाई बहुमतले निर्णय गरि प्रचलनमा ल्याउन सक्ने छ ।
१३) मानार्थ सदस्यता :
नेपाली भाषा, साहित्य, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा योगदान दिएका नेपाली वा विदेसी नागरिक मध्यबाट एक कार्यकाल अवधिका लागि बढीमा ३ (तिन) जना व्यक्तिहरुलाई अनेसास, पोर्चुगलको मानार्थ सदस्यता प्रदान गरिने छ ।
***समाप्त***
0 Comments