Ticker

6/recent/ticker-posts

शुभेच्छा नयाँ वर्षको : हरिहर अर्याल

 

हरिहर अर्याल 

आयो वर्ष नयाँ घुमेर ऋतुमा चर्खा सरि फन्फनी
थाले लाग्न नयाँ टुसा र पिपिरा तापै बढ्यो दन्दनी
काँपेको मन-वृक्ष सागर सबै खुला भएछन् रवि
तात्यो जाग भयो भयो मिरमिरे खुसी बने है कवि।१।

ठन्डीको अति कष्ट दर्द दिन त्यो मण्डी नपाई बित्यो
भान्छेको बकबात् विवेक नहुँदा ह्ण्डी नताति बित्यो
बिते रातहरू खुला चउरमा तारा गनेरै बित्यो
भैंचालो अति बृष्टि सृष्टि बरदा हावा हुरिले बित्यो ।२।

आशा पो किन बाँडियो नपुगने रोयो भरोसा  कठै
सामर्थ्य यदि छैन लौ स्वयममा झुट्टा ललिपा जसै
बोलिको भर छैन  तथ्य  नहुँदा हाँसो  हुने  गलगल
बोल्नै पर्छ भने  विवेकशील भै  होउन् मीठा छलफल ।३।

भ्रष्टाचार  बढ्यो पर धन कठै कुम्ल्याउनैमा रमे
नून खानी तक छैन देश भरमा सुन खानमा नै जमे
छोरीको तन लुटियो र ऊनको ज्यानै पनि गैगयो
राज्य नै किन खेल्छ खेल ननिको नेता निकम्बा भयो ।४।

थोत्रा दिन गए  दुःख कहर ती लेखेर के हुन्छ र ?
नौला जोश निकाल ए ! युवक हो के बन्न सक्तैन र ?
इच्छा पूर्ण हवस् समस्त जनको बढुन् अघि यी कद
आमा ती  नयपाल उच्च शिरकी हाँसिरहुन् गद्दगद ।५।

               हरिहर अर्याल, पेरिस फ्रान्स 

Post a Comment

0 Comments