अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा आगामी २०२६ मार्च ६ देखि ८ सम्म एटलान्टा, जर्जियामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आयोजना हुने भएको छ। यस वर्षको सम्मेलनको नारा “महिलाका सिर्जनशीलता, विश्व तराजुको सन्तुलन” घोषणा गरिएको छ, जसले विश्वभरका महिला साहित्यकारहरूको सृजनात्मक शक्तिलाई सम्मान गर्दै साहित्यिक योगदानको महत्त्वलाई प्रतिविम्बित गर्दछ।
मार्च ६ का साँझ अनेसास जर्जिया च्याप्टरद्वारा आयोजित स्वागत
रात्रिभोजबाट सम्मेलन प्रारम्भ हुनेछ। मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटनसँगै कार्यपत्र
प्रस्तुति, साहित्यिक रचना वाचन तथा विभिन्न विषयगत छलफल सत्रहरू सञ्चालन गरिनेछन्। अन्तिम
दिन मार्च ८ मा समापन समारोह सम्पन्न गरिनेछ र त्यसपछि सहभागीहरूलाई एटलान्टा आसपासका
प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम रहेको छ।
सम्मेलन एटलान्टास्थित नेपाली सांस्कृतिक केन्द्रको भवनमा हुनेछ। सहभागी पाहुनाहरूका लागि सहुलियत दरमा होटेल रुम बुकिङको व्यवस्था मिलाइएको छ, जसका लागि तल दिइएको लिंक प्रयोग गर्न सकिनेछ।
Country Inn & Suites by Radisson, Stone Mountain, GA

0 Comments