Ticker

6/recent/ticker-posts

गजलकार एन बी अन्जानको ‘चाँदनी’ 🌙 सार्वजनिक

लेखक तथा साहित्यकार एन बी अन्जानद्वारा रचित गजल ‘चाँदनी’ को अडियो–भिडियो सार्वजनिक गरिएको छ। उक्त गजल NB Media युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


पछिल्लो समयका कुशल गायक तथा एरेन्जर सुलभ घिमिरेले गजलमा संगीत भरेका छन् भने एरेन्ज र गायन पनि स्वयं उनैले गरेका छन्। उनको स्वरमा गायिका अस्मिता न्यौपानेले साथ दिएकी छन्, जसले गजललाई अझ भावपूर्ण र रोमान्टिक बनाएको छ।

भिडियोमा सुलभ घिमिरे र अस्मिता न्यौपानेकै अभिनय देख्न सकिन्छ। छायांकन तथा सम्पादन कमल सुनुवारले गरेका छन् भने शृङ्गार सरिता केसीले सम्हालेकी छन्। गजलको सम्पूर्ण निर्माण NMP Nepal ले गरेको हो।

गजलको लिङ्क
https://youtu.be/6-NmL8C_Pr4?si=-_LO-evntckpyo_m



Post a Comment

0 Comments