कविता : शान्तिपथ
![]() |
| सुजाता घिमिरे 'राउत ' अध्यक्ष- अनेसास जर्मनी च्याप्टर |
हे महाज्ञानी!
यात्रीको गन्तब्य
पर छ.....
भिड भन्दा पर
शान्तिको खोजीमा
कोलाहाल भन्दा टाढा
जहाँ
छैनन्
आफ्नो कर्तुत छोपेर
अर्काकै गल्ती
शीला खोज्ने मान्छे
जहाँ छैन
पसिनाको आईसक्रिममा
अघाउने भोक
जहाँ छैन
अरुको हृदय रेटेर
आफ्नो प्यास मेटीरहेको तिर्खा
जहाँ छैन
अबलाकै संबेदनामा युद्धगरेर
बिजेता कहलिएको जुलुस
जहाँ छैनन्
राष्ट्रको ढुकुटी खोस्रिने जङ्गली
मुसाहरु
हे महाज्ञानी
शान्तिपथ
अलि टाढा छ
ज्ञानीलाई मुर्खको संज्ञा
दिनेहरुको भिडभन्दा टाढा
जहाँ
सत्तामोहको आँधीबेरी चल्दैन
हो त्यो भन्दा अझै टाढा
हे महाज्ञानी
शान्ति चाहाने आँखाहरु
इर्थ्यालु संसार हेर्दैनन्
शान्ति चाहाने कानहरु
मान्छे कुटिएको खबर
सुन्नु चाहादैनन्
यति बिघ्न स्वार्थी
यति बिघ्न करुणाहीन
शासन,सत्ता र स्वार्थ भन्दा पर
हजारौ आँखाहरु
शान्तिको खोजीमा छन्
गर्दै कामना
देश शान्तिको
बिश्व शान्तिको
बेचैनी भिडभन्दा पर
प्रकृतिको समीपमा
बुद्धम् शरणमम् गच्छामी जप्दै
शान्तिदूत शान्तिकै गन्तब्यतिर छन्।
हे महाज्ञानी
तिमीभित्र पनि छ
खोजी हेर सौम्य
शान्तिको मार्ग
आत्माभित्रको शान्तिपथ!

0 Comments