Ticker

6/recent/ticker-posts

अनेसास पोर्चुगलको आयोजनामा अनेसास स्थापना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

पोर्चुगल: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल च्याप्टरले अनेसास स्थापना दिवस मनाएको छ । ३५ औं अनेसास स्थापना दिवस संगै रचना वाचन कार्यक्रम बिहिवार भर्चुअल रुपमा सम्पन्न गरेको हो ।


कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष एन.बी. अन्जानको अध्यक्षतामा सम्पन्न भएको हो । अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास निवर्तमान अध्यक्ष गोवर्द्दन पुजा, अनेसास महासचिव राजु सिटौला, अनेसास बालसमिती संयोजक सुरेन उप्रेती, अनेसास बेल्जियम च्याप्टर पुर्व अध्यक्ष बिमल गिरी, 
अनेसास कतार पुर्व अध्यक्ष प्रेमप्रसाद भट्टराई, एनआरएनए पोर्चुगल महासचिव गोविन्द बुढाथोकी, अनेसास जर्मनी च्याप्टर अध्यक्ष सुजाता घिमिरे, अनेसास फ्रान्स च्याप्टर अध्यक्ष प्रशान्त उप्रेती `भुइँमान्छे´, अनेसास कतार च्याप्टर अध्यक्ष दिलिप पराजुली, अनेसास फ्रान्स च्याप्टर महासचिव निश्चल रिमाल, सदस्य सन्देश खतिवडा, अनेसास जर्मनी च्याप्टर सदस्य सीमा ढुंगाना लगायतले कार्यक्रममा शुभकामना मन्तव्य तथा रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन अनेसास पोर्चुगल च्याप्टरका महासचिव मणिराज गौतमले गर्नुभएको थियो ।

Post a Comment

0 Comments