Ticker

6/recent/ticker-posts

कविताः हिँडिरहेकाहरू

 

कविताः हिँडिरहेकाहरू 

-प्रशान्त उप्रेती "भुइँमान्छे"

अनेसास फ्रान्स अध्यक्ष


उनीहरू हिँडिरहेका छन्

सडकमा मात्र होइन,

मान्छेका आशाहरू र मनमा।

नाङ्गो पैताला,

काँडा र कठिन बाटोहरूमा

करुणाको अभ्यास गर्न।

निद्रा छैन, थकान छैन,

आँखामा केवल ध्यान छ।

कसैले खुट्टा गुमाए होलान्, तर कसैले गन्तव्य गुमाएका छैनन्।

यी संरचनाहरू केवल

इँटा र सिमेन्टका भवन होइनन्,

यी त संवेदनाका खुला ढोका हुन्।

त्यो घाइते कुकुर पुच्छर हल्लाउँदै फेरि उठ्छ र सँगै हिँड्छ,

मानौँ युद्ध उसले पनि महसुस गरेको छ,

शान्ति केवल मानिसको मात्र माग होइन रहेछ।

वाशिङ्गटन पुगेर उनीहरू केही माग्दैनन्,

केवल बोध गराउन चाहन्छन्

बुद्ध जन्मिएको भूमि र बुद्धत्वको सार, प्रेम, शान्ति र विश्व-भाइचारा।

उनीहरू हिँडिरहेका छन्,

हजारौँ माइल नाङ्गो खुट्टा शान्तिको सन्देश फैलाउँदै।

हामी भने अझै अल्झिरहेका छौँ,

समाचारका पाना र शक्ति सङ्घर्षका हेडलाइनमा,

ट्रंपले ग्रिनल्याण्ड चाडै जित्छ भनेर

उनीहरू भने मौनतामै 'शान्ति' लेखिरहेका छन्

बाँडिरहेका छन्

Post a Comment

0 Comments