लेखक बिमला ढुङ्गाना निरौलाको पहिलो कथासङ्ग्रह ‘प्रेमाश्रु’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम अमेरिकाको भर्जीनियास्थित हेमार्केट-गेन्सभिल लाइब्रेरीमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डी.सी. च्याप्टरको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
पत्रकार तथा समीक्षक जयदेव गौतम र तीर्थराज पाण्डेयले कथा–सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कृतिमा समसामयिक सामाजिक विषय, संस्कार, विकृति तथा मानवीय संवेदनाहरू सरल तर गहिरो ढंगले अभिव्यक्त गरिएको उल्लेख गर्नुभयो । समीक्षक गौतमले निरौलाका कथामा नेपाल र अमेरिकाको मिश्रित जीवनानुभव झल्किने तथा केही कथामा ओ. हेनरी शैलीको नाटकीय अन्त्य देखिने धारणा व्यक्त गर्नुभयो ।

0 Comments