Ticker

6/recent/ticker-posts

पोर्चुगलमा सिद्दिचरण जयन्ती, काव्य सन्ध्या तथा पुस्तक लोकार्पण सम्पन्न

लिस्बोन : अनेसास पोर्चुगलले एक कार्यक्रमका विच पोर्चुगलको लिस्बोनमा युग कवि  सिद्दिचरण श्रेष्ठको ११३ औ जन्म जयन्ती भब्यताका साथ सप्पन्न गरेको छ ।



wonderpuppet मा भएको कार्यक्रममा सिद्दिचरण जन्मजयन्तीसङै काब्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको थियो । अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपालबाट आउनुभएको एपेक नेपालका अध्यक्ष वरिष्ठ  कवि विश्वविमोहन श्रेष्ठ तथा विशेष अतिथी बेलायत निवासी अनेसास सल्लाहकार  डा. रुपक श्रेष्ठ रहनु भएको थियो । अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठले लेख्नुभएको मुक्तक कृति अपरिभाषित आभाको प्रमुख अतिथी विशेष अतिथी लगायतले सामुहिक लोकार्पण गरेका थिए ।  उक्त कार्यक्रममा आठौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न माध्यमबाट सहयोग पुर्याउनुहुने व्यक्तित्वहरुलाई धन्यवाद पत्र अर्पण गरि सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पोर्चुगलको लागि महावाणिज्य दुत मकरबहादुर हमाल, एन आर एन अध्यक्ष उमेशकुमार खड्का, अनेसास पोर्चुगल सल्लाहकार तथा एन आर एन ए निवर्तमान अध्यक्ष रबिन अधिकारी, एनआरएनए आइ सिसि सदस्य राजकुमार थापा, जनसम्पर्क समिति पोर्चुगल अध्यक्ष युवराज पन्थी, अन्तर्राष्ट्रिय नेपाली समाज अध्यक्ष अर्जुन घिमिरे, व्यवसायी सुर्य हमाल, समीर भट्टराई, नारायणकाजी मगर, सन्चारकर्मी भरत प्रधान, छविलाल बगाले, अनेसास दर्पणका कार्यकारी सम्पादक तथा इ प्रेस प्रालिका कार्यकारी निर्देशक रमेश दाहाल,
गायक तथा सङ्गीतकार अर्जुन सुनाम, दुर्गा थापा, युन्छेमी सुब्बा लगायतलाई सम्मान गरिएको थियो । नवलपुर समाज अध्यक्ष  प्रेम बुडापृथी, तमु समाज निवर्तमान अध्यक्ष बिकास गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज सचिव गजलकार सोम अनुराग, गायक तथा सङ्गीतकार सुनिल परियार, राजन श्रेष्ठ, सुदिन आचार्य, रेखा नेपाली लगायतले शुभकामना तथा रचना वाचन गर्नु भएको थियो । 
अपरिभाषित आभा कृतीमाथि टिप्पणी साहित्यकार मुना चौधरीले गर्नुभएको थियो । गायक तथा सङ्गीतकार सुनिल परियारले राजमति कु मति वासुरीको धुनबाट सुनाउनु भयो भने गायक तथा सङ्गीतकार अर्जुन सुनाम लगायतले सिद्दिचरण श्रेष्ठको चर्चित कविता मेरो प्यारो ओखलढुंगा गाएर सुनाउनु भएको थियो । मन्तव्यका क्रममा अनेसासले विश्व साहित्यलाई जोड्नको लागि पुलको काम गरेको बिशेष अतिथी डा. रुपक श्रेष्ठ ले बताउनु भयो । त्यस्तै नेपाली साहित्यलाई अनेसासको माध्यमबाट विभिन्न देशका विभिन्न भाषामा अनुवाद गरेर विश्व साहित्यमा पुर्याउन जोड दिनुपर्ने प्रमुख अतिथी वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा अनेसास पोर्चुगलका सल्लाहकार अर्जुन श्री ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन अनेसास पोर्चुगल महासचिव एन बी अन्जानले गर्नु भएको थियो ।

Post a Comment

0 Comments