Ticker

6/recent/ticker-posts

अनेसास पोर्चुगलले मनायो देवकोटा जन्मजयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरले ११७ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मनाएको छ । 



देवकोटाको जन्मजयन्तीसंगै रचना वाचन कार्यक्रम समेत गरेको थियो । अनेसास पोर्चुगल च्याप्टरका महासचिव मणिराज गौतमले संचालन गरेको कार्यक्रमको अध्यक्षता अनेसास पोर्चुगल च्याप्टरका अध्यक्ष एन बी अन्जानले गरेका थिए ।

अनेसास केन्द्रका पुर्व अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माइ, अनेसास केन्द्रका महासचिव राजु सिटौला, वरिष्ठ साहित्यकार डा सावित्री श्रेष्ठ, अनेसास बेलायत च्याप्टर अध्यक्ष राज श्रेष्ठ, अनेसास जर्मनी च्याप्टर अध्यक्ष सुजाता घिमिरे, अनेसास फ्रान्स च्याप्टर अध्यक्ष प्रसान्त उप्रेती, अनेसास केन्टकी च्याप्टर सचिब जीवन निरौला, अनेसास पोर्चुगल च्याप्टर निवर्तमान अध्यक्ष सवी श्रेष्ठ, अनेसास पोर्चुगल च्याप्टर निवर्तमान सचिब गोमा रेग्मी, मकवानपुर गजल मञ्चका निवर्तमान अध्यक्ष केशव समर्पण, श्रष्टा भोला दीप यात्री लगायतले आफ्ना भनाई सहित रचना वाचन गरेका थिए ।

कार्यक्रममा अनेसास पोर्चुगल च्याप्टर सचिब ॠतुशला लामाले स्वागत मन्तव्य राखेकी थिइन् । महाकवि देवकोटाको जन्मजयन्ती तथा रचना वाचन कार्यक्रम शनिबार भर्चुअल भएको थियो । 

Post a Comment

0 Comments