Ticker

6/recent/ticker-posts

गीत: तिम्रो झल्काले

गीत: तिम्रो झल्काले

सजु पौडेल बराल
हाल: पोर्चुगल 



नपाएनी सजाउँन शिरैमा
पूजा गरी राखेकी छु, मनको मन्दिरैमा
छेउ हान्यो भल्काले
यो मन हान्यो सानु तिम्रो झल्काले।


सपना त धेरै थिए तिमीसंगै रमाउँने
दु:ख सुख तिम्रै साथमा रमाउँने
नियतीले पुर्याइदियो मलाई प्रदेशमा
के गर्दै होला मेरो प्यारा घरदेशमा
छेउ हान्यो भल्काले
यो मन हान्यो सानु तिम्रो झल्काले।


तिमीसंगै भेट हुने यो मनमा आशा छ
अन्तिम पलमा भेट हुने बाँकी एउटा बाचा छ
तिम्रै यादमा तड्पिएर मर्छु होला कुन दिन 
आउ है सानु अन्तिम पल मलाई बिदाई गर्न
छेउ हान्यो भल्काले
यो मन हान्यो सानु तिम्रै झल्काले।

Post a Comment

0 Comments