Ticker

6/recent/ticker-posts

कविता- युद्ध शान्ति भंग भएको छ

 कविता - युद्ध शान्ति भं भएको छ


महेश्वर पन्त
संयाेजक -अनेसास संस्कृति समिति      

 

आज फेरि मेरो पातहरुसंगको युद्ध शान्तिको

अलिखित सम्झौता भंग भएको छ

हावाको बख्तरबन्द वहानमा चढेर

हुरी र हुन्डरीहरुको छेप्यास्त्र बोकेर

पातहरुले मेरो घरमा फेरि युद्ध छेडेका छन्।

 

चारै तिरबाट घेरिएको मेरो घर

बचाउने प्रयासमा मैले छोडेका मिसाईल र बन्दुकका गोलीहरु

काम नलाग्ने भएका छन्

मेरा आक्रमणहरुलाई छक्काई रहेका छन्

जिस्काई रहेका छन्

एउटा कुनाबाट हुत्ताएर पल्लो कुनामा पार्छु

छेक्छु चारै तिरबाट

थुपार्छु तर

फेरी दुषित हावाको फन्कोले

लथालिगं पारिदिन्छ

मेरा सहनसिलताहरु धरमराउँछन्

आवेगहरु झन बेगिला हुन्छन्

घर वरिपरिको वतावरण आन्दोलित छ

यी दुषित पातहरु आज फेरि मेरो घर घेर्न

आईपुगेका छन्

थहा छ युद्ध पातहरुसंग हो

युद्ध अशान्ति माथी शान्तिको हो

कोलाहल माथी शान्तको हो

तर यूद्ध सजिलो रहेनछ

चाहे पातैसंग किन नहोस्।

 

मलाई लाग्छ यी भड्किएका पातहरु

तैसै भड्किएका हैनन्

कसैले भड्काईएका हुन्

मेरो छिमेकीले उक्साएको हुन सक्छ

यी पातहरुलाई

मेरो घरमा धावा बोल्न पठाएको हुन सक्छ

मेरो निद्रामा चिन्ता गर्ने

मेरो शान्त जीवनमा खुजुली हुने

मेरो छिमेकीको करामत हुन सक्छ

वा विदेशीको हात पनि त हुन सक्छ?

यी पतहरुलाई भड्काउने

मेरो बिरुद्ध उचाल्ने!

नत्र यी निम्क्छरिला पातहरुको यत्रो आँट

कहाँ हुन सक्थ्यो होला र !


 थाहा छ युद्ध पातहरुसंगको हो

यो पनि थाहा छ युद्ध सजिलो हुँदैन

यो पनि थाहा छ युद्ध राम्रो हैन

युद्धलाई शान्तिले जित्नु पर्छ

तर कुरो आफ्नै घरको आएपछि

गिता पाठ गरेर बस्न नसकिँदो रहेछ

घर बचाउन लड्नुनै पर्दो रहेछ

आज फेरी म पातहरुसंग यूद्ध छेडिरहेछु

हार्दा पातहरुसंगको हार हुनेछ

जित्दा पनि पातहरुसंगको जित

खै के के, म धर्म संकटमा छु

तर

पातहरुको आक्रमणबाट घर बचाउँ

निडर भएर लड्नै पर्दो रहेछ।

म फेरि लडिरहेछु।

Post a Comment

0 Comments