सम्झनामा तिमी
✍गोमा रेग्मी पण्डित
सचिव, अनेसास पाेर्चुगल
हराएर टाढा गयौ बिर्सियौ कि
झमेला अनेकौं हुँदा अल्झियौ कि
बिसञ्चो कुनै कष्ट पीडा भयो कि
नबोलेर बस्छौ रिसाएर हो कि।१।
गर्यौ काम कस्तो सधैं व्यस्ततामा
कतै भूल्न पर्ने थियौ बाध्यतामा
नजाती घमण्डी हुँदै भड्कियौ कि
रुँदै सम्झनामा कतै तड्पियौ कि ।२।
फसायो कि व्यर्थै सतायो कसैले
भएकोछ गार्हो भनेनौ तिमीले
सजाएर चोखो सधैं प्रेम राखें
नजानेर गल्ती भए माफ मागें।३।
झझल्को भयो याद बढ्दैछ फेरि
म बाटो त्यताको बसेकी छु हेरी
तिमी प्रेरणा हौ र उत्साह मेरो
उज्यालो छ माया नसम्झे अँधेरो।४।
हुँदा साथ तिम्रो म गन्तव्य भेट्छु
भए हात तिम्रो म संसार जित्छु
छ आधार तिम्रो म विश्वास गर्छु
तिमी आउनेछौ प्रतीक्षा म गर्छु।५।
छन्द: भुजङ्गप्रयात
गोमा रेग्मी पण्डित
तनहुँ, नेपाल
हाल पोर्चुगल
0 Comments