अखबार
✍ सवी श्रेष्ठअध्यक्ष, अनेसास पाेर्चुगल
झिस्मीसे बिहान
आँखाहरु डुल्छ
शुभदिनको आशमा
डिजिटल अखबारको भित्ताहरुमा
आतुर हुन्छ मन
लालयित हुन्छ नयन
मेरो बेर्नाहरुको
सन्चो,बिसन्चो हालखवर जान्न
उन्नती र प्रगतिका कथाहरु पढ्न
तर फुस्सा हुन्छ
शुभ सन्देश नामको
हर अखवारहरु
समाचारको नाममा
बिज्ञापनको धन्दा गर्ने
हर न्युज च्यानलहरु
मैले कुशल,मंगल मालीलाई
जिम्मा लगाएर आएको
मेरो मलिलो माटोमा
हुर्कदै गरेको बेर्नाहरु
कति भर्खर फूल बन्न
तम्सेका ककिलो मुनाहरु
हो तिनैका रगत र आँशुले पो
लत्पतिएको हुन्छ अचेल
हरेक बिहानका हरेक पानाहरु
सहु कति रुसम्हालिउ कसरी रु
आफ्नै मालिले
किटनाशकको नाममा
बिष छरेर सबै बेर्ना नष्ट पारे पछि
म त मल किन्न हिंडेको थिए
केही बर्षमा हराभरा परौला भनि
बिरुवा चिल्ला भए अन्त पनि सारौला भनि
तर फगत एउटा स्वप्न भयो
काहानी हराएको कथा भयो
त्यसैले आज
सधैं धुरिमा
बसेर अशुभ समाचार
ल्याउने काला कागहरु
अनि अखबारका काला अक्षरहरु
सराबर हुन मेरो लागि
बराबर हुन मेरो लागि ।
हाल पाेर्चुगल
0 Comments