आधुनिक- गजल
महासचिव,अनेसास पाेर्चुगल
म खाडी छिरेको छु, पासपोर्ट बेचेर ।
छाक टर्दैछ घर, बारी र गोठ बेचेर ।
आमा सुनाउँछिन् खुसीभएर, यहाँ यस्तै छ
अब बाँच्नु छ छोरा, मेरो पेटिकोट बेचेर ।
बेच्ने कुरा अब त, के नै बाँकी छ र यहाँ ?
सरकार खाँदैछ गरिबको, घाउचोट बेचेर ।
उता चेलीको रोदन, उस्तै छ सहरमा
भन्छिन् बाँचेकि छु, जवानी र ओंठ बेचेर ।
पाँचथर
हाल पाेर्चुगल
0 Comments