Ticker

6/recent/ticker-posts

अनेसास पोर्चुगलले मनायाे “प्रेमिल साहित्य उत्सव २०२३”

 पोर्चुगल: अनेसास पोर्चुगलले आयोजना गर्दै आइरहेको मासिक कार्यक्रम "अनेसास-अन्तरंग" अन्तर्गत छैटौँ शृंखला सम्पन्न गरेको छ । भ्यालेन्टाइन डे विशेष “प्रेमिल साहित्य उत्सव २०२३” मनाएको हो । 


कार्यक्रममा युवा पुस्तामा रुचाइएका पाँच युवा कविहरु जनक कार्की, रोमा लम्साल, डि जि शर्मा, छविना मगर र मनिषा तिवारीलाई वाचनमा विशेष निम्त्याएको थियो । भर्चुअल संचालन भएको कार्यक्रमको अनेसास पोर्चुगलको अध्यक्ष समेत रहेकि सवी श्रेष्ठले सहजिकरण गरेकि थिइन भने महासचिव एन बी अन्जानले प्राविधिक सहयोग गरेका थिए ।

 

उक्त कार्यक्रममा प्रेमिल कविता, गजल तथा मुक्तकको वाचन गरी प्रेमलाई उत्सवको रुपमा मनाएको थियो । उक्त कार्यक्रममा अनेसास पोर्चुगल कि सचिव गोमा रेग्मीले पनि प्रेमिल कविता सुनाएकि थिइन । 

Post a Comment

0 Comments