पाेर्चुगलः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विगतका वर्षहरुजस्तै यस वर्ष पनि संसारभर रहेका नेपाली लेखकहरूद्धारा लिखित साहित्यका विभिन्न १० विधाका पुस्तकहरुलाई पुरस्कृत गर्ने भएको छ । कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने अनेसासले जनाएको छ ।
अनेसासले नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने गरेको छ । पुरस्कार राशि २ हजार अमेरिकी डलर रहेको छ ।
अनेसासका अनुसार पुरस्कारका लागि पुस्तकहरु दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने छ भने पुस्तक सन् २०२१ जनवरी १ देखि सन् २०२२ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनेपर्ने छ । पुस्तकहरु ४ प्रति मार्च ३१, २०२३ सम्ममा प्राप्त भइसक्नुपर्ने अनेसासले जनाएको छ ।
0 Comments