Ticker

6/recent/ticker-posts

नयाँ वर्ष देखि नेपाली पाठशाला संचालन हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला संचालन गर्ने भएको छ । नेपाली पाठशाला नेपाली नयाँ बर्ष २०८० बाट संचालन हुन लागेको हो । पाठशाला प्रत्येक शनिवार २ घण्टा पढाइ हुने छ ।

 


नेपाली भाषा संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि संचालन हुने  नेपाली पाठशालामा नेपालबाट बाहिर विभिन्न देशहरुमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा तथा नेपाली संस्कृतिको बारेमा ज्ञान हुन अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै परदेशी भुमिमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, नेपाली कला, संस्कृति सिकाउने लक्ष्यका साथ पाठशाला भर्चुअल (जुम) माध्यमबाट संचालन गरिने नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले बताउँनु भयो । विदेशी भुमिमा नेपाली भाषा, संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य समेत रहेको उहाँले बताउँनु भयो । साथै नेपाल भन्दा बाहिर जुनसुकै देशहरुबाट पनि उक्त पाठशाला कक्षामा आफ्ना बालबालिकालाई सहभागी गराउँन सकिने तथा सहभागी गराउनहुन सम्पूर्ण अभिभावकहरुमा आब्हान समेत गर्नु भयो । भावी पुस्तालाई समेत नेपाली भाषा प्रति उन्मुख गराउँनको लागि पनि यो पाठशाला संचालन गर्न लागिएको हो । 


नेपालबाट कुशल तथा अनुभवी शिक्षकबाट संचालन हुने कक्षामा ५ बर्ष देखी
माथिका नेपाली भाषा सिक्न चाहने बालबालिकाहरु सहभागी हुन सक्नेछन् । यो पाठशालामा प्रत्येक शनिवार नेपालको समय दिउँसो १:४५ बजे तथा पोर्चुगलको समय बिहान ९ः०० बजेबाट २ घण्टा भर्चुअल कक्षा पढाई हुनेछ ।

 यस नेपाली पाठशालामा बालबालिकाको बौद्धिक विकासका लागि नेपाली भाषाको पढाई संगसंगै अतिरिक्त क्रियाकलाप समेत रहने अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठले बताउँनु भयो । नेपाल बाहिर हुनुहुने अभिभावकहरुले नेपाली पाठशाला कक्षामा आफ्ना बालबालिकालाई भर्ना गराउनको लागि अनुरोध गरिएको छ । साथै विस्तृत जानकारीका लागि तथा बालबालिका भर्ना गर्नको लागि नेपाली नारी समाज पोर्चुगल अध्यक्ष सीता श्रेष्ठ शिवानी whatsapp +4745548829 र अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठ whatsapp + 351920029870 मा सम्पर्क गर्न सक्नुहुनेछ

Post a Comment

0 Comments