अनेसासको नेतृत्व चयन निर्वाचन (२०२४ -२०२६) पुनः सबैले फेरि मतदान गर्नुपर्ने भएकाे छ । मतदान प्रविधिमा आएको खराबीका कारण सबै (भोट हालिसक्नु भएका तथा भोट हाल्न बाँकी ) आजीवन सदस्यज्यूहरूमा पुनः इमेल मार्फत मतपत्र लिङ्क जुलाई ७ तारीख आइतवार अमेरिकी पुर्वीय समय मध्यान्ह ११:५९ बजे (पोर्चुगल समय आइतबार १६:५९, नेपाल समय २१:४४) भित्रमा आउने छ । सो समय भित्रमा कसैकोमा मतपत्र लिङ्क नआएको खण्डमा अनेसास केन्द्रीय कार्य समिति, च्याप्टर अध्यक्ष तथा निर्वाचन समितिको इमेल electioninls@gmail.com मा सिधै इमेल गरि जानकारी गराउनुहुन समेत अनुरोध छ ।
शनिवार विहानदेखि सुरू भएको अनेसासको नेतृत्व चयनको मतदान प्रक्रिया रद्द गरि आइतवार अमेरिकी समय मध्यान्ह १२ बजेबाट पुनः हुने भएको छ । मतदान प्रविधिमा आएको खराबीका कारण निर्वाचन समितिले यस्तो निर्णय गरेको हो ।
मतदाताले तीनदिनसम्म मतदान गर्न पाउने छन् । नयाँ तालिका अनुसार जुलाई ७ तारीख आइतवार अमेरिकी पुर्वीय समय मध्यान्ह १२ बजेदेखि जुलाई १० तारीख बुधवार विहान ११.५९ बजेसम्म (जुलाई ७ तारीख पोर्चुगल समय आइतबार १७:०० बजे बजेदेखि जुलाई १० तारीख बुधबार १६:५९ बजेसम्म, नेपाल समय २१: ४५ बजेबाट बुधबार २१:४४ बजेसम्म) गर्न सकिने छ ।
निर्वाचन समितिका अनुसार पहिला भोट गरिसकेकालाई पनि नयाँ मतपत्र पठाइनेछ ।
समितिद्वारा जारी विज्ञप्ति यस्तो रहेको छ ।
प्रिय आजीवन सदस्यहरू,
अनेसास निर्वाचन समितिले निर्वाचन २०२४ को मतदानका लागि हिजो राति पठाइएको मतपत्रको लिंकमा हामीले प्राप्त गरेका प्रतिक्रियाहरूमा महत्वपूर्ण डेटा अखण्डता र सुरक्षा मुद्दाहरू थिए । निर्वाचन समितिले यो पोर्टलबाट निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने ठहर गरेको छ ।
त्यसैले निर्वाचन समितिले सम्पूर्ण प्रक्रियालाई पुनः प्रयोग गर्ने र इलेक्सन बडी ब्यालेट पोर्टल प्रयोग गर्ने निर्णय गरेको छ । इलेक्शन बडी राम्रोसँग स्थापित ब्यालेटिङ पोर्टल हो र आईएनएलएसले विगतका चुनावहरूमा यसको प्रयोग गरेको छ ।
हामी इलेक्शन बडी पोर्टलबाट नयाँ मतपत्र लिङ्क पठाउनेछौं ।
0 Comments