रुबाई कसरी लेख्ने ?
★ आविष्कार भारती★
रुबाईलाई रुबाईयत पनि भनिन्छ । यो फरसी साहित्यबाट सुरु भएको चार(चार पङ्ती मिलाएर बनाईने कविता हो । यो अरबि शब्द ‘रुबाईयाह’ बाट शुरु भएको हो जुन अरबी शब्द ‘रुबा’ बाट अपभ्रंसित भएर आएको हो । ‘रुबा’ को अर्थ अरबी भाषामा चार हुन्छ । रुबायत प्रख्यात बनाउने मुख्य श्रेय ओमार खैयाम लाई जान्छ जस्ले सुप्रसिद्ध “ओमार खैयाम का रुबायतहरु” प्रकाशन गरे ।
यो चार(चार पङ्तीको मिलाएर लेखिने कविता लेख्न पर्दा पहिलो पङ्तीको दोश्रो र चौथौं पङ्तीसँग काफिया मिलेको हुन्छ भने तेस्रो पङ्ती छुट्टै हुन्छ । जस्तै स्
क
क – दोश्रो पङ्तीको पहिलो पङ्तीसँग काफिया मिलाउन पर्छ
ख
क – चौथौं पङ्तीको दोश्रो र पहिलो पङ्तीसँग काफिया मिलाउन पर्छ
यदी एक भन्दा बढी रुबायत लेख्ने इच्छा भएमा
क
क – दोश्रो पङ्तीको पहिलो पङ्तीसँग काफिया मिलाउन पर्छ
ख
क – चौथौं पङ्तीको दोश्रो र पहिलो पङ्तीसँग कफिया मिलाउन पर्छ
ख – यो पहिलो पङ्तीको काफिया माथिल्लो रुबाईको तेस्रो पङ्ती सँग मिलाउन पर्छ
ख – यो पङ्तीमा यही रुबाईको पहिलो पङ्तीको सँग काफिया मिलाउन पर्छ
ग
ख – यो चाँही माथिल्लो २ पङ्ती सँग काफिया मिलाउन पर्छ
ग – यो पङ्तीको माथिल्लो रुबायतको तेस्रो पङ्ती सँग काफिया मिलाउन पर्छ
ग – यो पङ्तीमा यही रुबाईको पहिलो पङ्तीको सँग काफिया मिलाउन पर्छ
क – यो पङ्तीमा पहिलो रुबायतको पहिलो पङ्तीसँग काफिया मिलाउन पर्छ
ग – यो पङ्तीमा यही रुबायतको पहिलो पङ्तीसँग काफिया मिलाउन पर्छ
केही नेपाली रुबायतहरु ९रुबाई० यस प्रकार छ्न स्
तिमी भयौ आँखाको नानी जस्तै
तिमी भयौ खोलाको सँगलो पानी जस्तै
विर्षनै नसक्ने भएँ अब म तिमीलाई
मेरो जीवनको श्वास फेर्ने बानी जस्तै
0 Comments