समाचारदाताः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगल च्याप्टरले साहित्यिक कार्यक्रम 'अनेसास-अन्तरङ्ग' सुरु गरेको छ । नेपाली भाषा र साहित्यलाई प्रवर्धनगर्दै सिर्जना संप्रेषण गर्ने उदेश्यले सुरु गरिएको 'अनेसास-अन्तरङ्ग' कार्यक्रम मासिक संचालन हुने अनेसास पोर्चुगल महासचिव तथा कार्यक्रम संयोजक एन बी अन्जानले बताए ।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजादेखि केन्द्रीय कार्यसमितिका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौलाले शुभकामना दिएर थप हौसला प्रदान गरे । उनिहरूले केन्द्रीय कार्यसमितिले यस्ता कार्यक्रम गर्ने च्याप्टरहरूलाई आवश्यक साथ र समर्थन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।कार्यक्रममा अनेसास बोर्डअफट्रस्टी सल्लाहकार रोहिणि शर्मा र उपाध्यक्ष पदम विश्वकर्माले अनेसासको विधानलाई पालनगर्दै अनेसास स्थापनाको उदेश्यलाई साकार पार्ने काममा च्याप्टरको महत्वपूर्ण भूमिका रहने बताए ।
पोर्चुगल च्याप्टर अध्यक्ष सवी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उर्मिला निर्दोषी, अग्नि पराजुली, सम्झना आचार्य, तारा उप्रेती, गंगा लिगल, माया गुरूङ, प्रकाश पाण्डे, रेवती अधिकारी, निवेदिता बराललगायतले सिर्जना वाचन र मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अनेसास पोर्चुगल सचीव गोमा रेग्मीकाे संचालनमा भएकाे थियाे ।
0 Comments