Ticker

6/recent/ticker-posts

अग्निको 'अए हेरन' गीतले तहल्का मच्चाउदै, मिलियनकाे नजिक चड्दै

अमेरिका बस्दै अाएका झापाका युवा संगितकार तथा शब्द रचनाकार अग्नि पराजुलिको शब्द संगितमा रहेको अए हेरन बोलको गित सार्वजनिक भए लगतै राम्राे प्रतिक्रियाका साथ तहल्का पिटिरहेकाे छ । मौलिक भाकालाई विशेष जोड गरेर बनाईएको म्युजिक भिडियोलाई काठमाडौका विभिन्न भेगमा छायांकन गरिएको संगितकार पराजुलिले बताए । बिहेमा जन्ती गएर माया प्रेम बसेको कुरा गितले देखाएको छ ।


ओए हेरन बोलको गितमा बेनिशा पौडेल, शान्ति श्री परियार, पुरुषोत्तम सुवेदी तथा गितका संगितकार तथा रचनाकार अग्नि पराजुली स्वयंको स्वर रहेको छ । केपि म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा लोमस शर्मा गिता ढुंगाना तथा अन्य कलाकारहरुको प्रस्तुती रहेको छ ।

मौलिक धुनहरुको संगित संयोजन रहेको गित तथा म्युजिक भिडियो एरेन्ज पुरुषोत्तम सुवेदी, बासुरि रत्न बि क, सहनाई समीर जैरु, गिटार सरोज बिष्ट, गित मिक्सिङ्ग किसोर थापा, गित रेकर्ड राजेस श्रेष्ठ, दिल सार्कीको रहेको छ भने गितको रेकर्डिङ ए वन म्युजिसियन स्टुडियोमा गरिएको हो ।

दिपक सापकोटाको प्रोडक्सन रहेको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन जनता डिजिटल फिल्मको रहेको छ भने संजिला विश्वकर्माको कोरियोग्राफर रहेको म्युजिक भिडियो निर्देशन नवीन बिष्टले गरेका छन् ।

Post a Comment

0 Comments