अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले आफ्नो नियमित कार्यक्रम अनेसास अन्तरङ्ग अन्तर्गत दशौं शृङ्खला अनेसास संस्कृति समितिसंग साहित्यिक अन्तरङ्ग गत शनिवार गरेको छ । उक्त कार्यक्रमको संयोजन अनेसास संस्कृति समितिका संयोजक महेश्वर पन्तले गर्नुभएको थियो ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख तथा अनेसास संस्कृति समितिका सल्लाहकार प्रा डा कुसुमाकर न्यौपानेले लोक साहित्य माथि प्रकाश पार्नुभएको थियो । त्यस्तै अनेसास संस्कृति समितिका सल्लाहकार तीर्थराज अधिकारीले लोप हुर्दै र उत्छृङ्खल बन्दै गएको ठाडो भाका र मुक्तकको बारेमा आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रममा संस्कृति विद् तथा अनेसास संस्कृति समितिका उपसंयोजक डा.भक्त राईले कला, साहित्य, संस्कृति परिमार्जित पुस्ता हस्तान्तरणकाे बारे बोल्नु भएको थियो । अनेसास संस्कृति समितिका सदस्य जीवन भण्डारीले मुक्तक, अनेसास संस्कृति समितिका सदस्य एन बी अन्जानले गजल वाचन गर्नुभएको थियो । सो कार्यक्रममा अनेसास विअोटीका सल्लाहकार रोहिणी शर्मा, अनेसास केन्द्रीय अध्यक्ष गोर्बद्धन पूजा, अनेसास केन्द्रीय महासचिव बिमला निरौलाले अनेसास च्याप्टर पोर्चुगलले गर्ने गरेको यस्ता कार्यक्रमको प्रशंशा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।अनेसास संस्कृति समितिका संयोजक महेश्वर पन्तले अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य, कला, संस्कृतिलाई चिनाउन सकिन्छ भन्ने उदेश्यका साथ लागिपरिरहेको बताउँदै कार्यक्रम सकिएको थियो । कार्यक्रमको सहजिकरण अनेसास पोर्चुगल सचिव गोमा रेग्मीले गर्नुभएको थियो ।
भर्चुअल माध्यमबाट मासिक हुने अनेसास अन्तरङ्ग कार्यक्रम संयोजक भने अनेसास पोर्चुगलका महासचिव एन बी अन्जान हुन् ।
0 Comments