Ticker

6/recent/ticker-posts

अनेसास पोर्चुगलले गर्यो देवकोटाको ११५ औं जन्मजयन्ती तथा संञ्चारकर्मी ढकालका दुई कृति लोर्कापण

पोर्चुगल: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगलले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती साथै संञ्चारकर्मी तथा साहित्यकार पुरुषोत्तम ढकालका कृतिहरु लोर्कापण गरेको छ । गत शुक्रवार सम्पन्न कार्यक्रममा ढकालका दुई कृति भगवानलाई प्रश्नतथा बर्डरलेस ड्रिम्सनामक कृतिको पोर्चुगल विमोचन गरिएको थियो । एन आर एन पोर्चुगलको सभा हलमा भएको कार्यक्रममा पोर्चुगलमा भएका बिभिन्न संघसंस्थाका अग्रज व्यतित्वहरु, साहित्यकार तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।



कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको बारेमा चर्चा तथा डायस्पोरा साहित्यको बारेमा बिबिध छलफल समेत गरिएको थियो । अमेरिका बसोबास गर्ने संञ्चारकर्मी तथा साहित्यकार ढकालले आफुले देखेको देश र समाजलाई पुस्तकाकारको रुपमा प्रकाशन गरेको बताए भने उनले भारत र चिनले आफ्ना डायस्पोरासंग रहेको बौद्धिक र आर्थिक श्रोत मुलुकको विकासमा लगाएको तर नेपालको नेतृत्वसंग त्यस्तो भिजन नभएको भन्दै दुख व्यक्त गरे। उनले प्रवासमा बस्ने नेपालीहरुलाई सम्बन्धित मुलुकको राजनीतिक मूलधारमा सक्रिय हुन र युवा पुस्तालाई त्यहींको राजनीतिसंग जोड्न सुझाव पनि दिए ।

 

अनेसास पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन आर एन पोर्चुगलका अध्यक्ष उमेश खड्का, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने,  नेपाली जनसम्पर्क समिति अध्यक्ष युवराज पन्थी,  एन आर एन पोर्चुगलका उपाध्यक्ष सुनिल मल्ल ठकुरी, एन आर एन पोर्चुगलका सचिब प्रकाश गजमेर, एन आर एन पोर्चुगलका सह कोषाध्यक्ष नविन थापा, एन आर एन पोर्चुगलका युवा संयोजक निरज गुरुङएन आर एन पोर्चुगल सदस्य सुमन सिलवाल, जन प्रगतिशिल मञ्च निपेश गिरी,  तमु समाज अध्यक्ष विकाश गुरुङ,  नवलपुर समाज अध्यक्ष प्रेम बुढापृर्थी,  अन्तर्राष्ट्रिय नेपाली समाज सचिव सोम अनुराग लगायतले आ-आफ्नो धारणा राखेका थिए । कवि रूकमान केरूङले देवकाेटाका रचना वाचन गरेका थिए भने साहित्यकार स्वामी कृष्णले विमोचित ढकालका कृति माथि टिप्पणी राखेका थिए । कार्यक्रममा अनेसास पोर्चुगल सल्लाहकार अर्जुन श्री ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन अनेसास सदस्य ऋतुशला लामा तथा महासचिव एन बी अन्जानले गरेका थिए । कार्यक्रममा साहित्यिक लेख रचना समेत वाचन गरिएको थियो ।

Post a Comment

0 Comments