Ticker

6/recent/ticker-posts

पोर्चुगलमा "अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन" हुने

युराेपकाे  पोर्चुगलमा "अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन"  हुने भएको छ । २०२४ काे मार्च ८,९ र १० मा पोर्चुगलको लिस्बनमा हुने सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले आयोजना गर्न लागेको हो । 

अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्यको संरक्षण, सम्वर्दन तथा प्रवर्द्धन गर्ने उदेश्यका साथ सम्मेलन गर्न लागेको  हो । सम्मेलनमा अनेसासका ६० भन्दा बढी च्याप्टरबाट सहभागी रहनेछ । अनेसास आवद्ध लेखक साहित्यकार लगायत नेपाली लेखक तथा साहित्यकारहरुको पनि उल्लेखनीय सहभागी रहने छ । सम्मेलनको तीब्र तयारी भइरहेको छ ।

Post a Comment

0 Comments