हार्दिक श्रद्धाञ्जली
हाेनाहर युवा !
![]() |
| सुजन रावत, वीरेन्द्र शाह (बालकुमारी घटना) |
✍एन.बी.अन्जान
यै छातीमा हान गोली, देश यदि बन्छ भने
हाँस्दै चड्छु मृत्यु झोली, देश यदि बन्छ भने
एक्
छाक टार्ने जोहो गर्न, देश छोड्न मागेको हुँ
संसार
छोड्छु रोक्देउ बोली, देश यदि बन्छ भने
बिहानी
लाली खुल्छ भने, कालो रात भष्म पारी
मेरै
रगतको खेल होली, देश यदि बन्छ भने
मेरो
देश मेरो शेष, हज़ार आमा मुस्कुराउँदा
एक
आमाको भिज्ला चोली, देश यदि बन्छ भने
बड्छ
भने गरिमा त्यो, हुन्छ भने उच्च देश
चड्छु आजै सेतो डोली, देश यदि बन्छ भने
(ती युवासंगै हामी सबैको बोली )

0 Comments